• २०८१ जेठ ६ आइतबार

भारतविरुद्ध स्मिथको लगातार दोस्रो शतक, एकदिवसीय सिरिज अस्ट्रेलियाले जित्यो

kharibot

काठमाडौँ । अस्ट्रेलिया टुरमा रहेको भारतीय क्रिकेट टिमले दोस्रो एकदिवसीय खेलमा पनि हार बेहोरेको छ ।

आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको ३९० रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै ३३८ रन बनाएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्बाधिक ८९ रन बनाए भने केएल राहुलले ७६ रन बनाएका थिए । त्यस्तै श्रेयस अय्यरले ३८ रन बनाए भने मयंक अग्रवालले २८, शिखर धवनले ३०, रविन्द्र जडेजाले २४ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले २८ रन बनाए भने नवदीप सैनीले १० रन बनाए ।

त्यसैगरी अस्ट्रेलियाका बलर पाट कमिन्सले ३ विकेट लिए भने जोस हजेलवुड र   एडम जाम्पाले २-२ विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल र मोइस हेनरीक्वेजले एक एक विकेट लिए ।

यसअघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाउदै ३८९ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले लगातार दोस्रो खेलमा शतकीय पारी खेलेका थिए । स्मिथले ६४ बलमा १०४ रन बनाएका थिए ।

त्यस्तै डेविड वार्नरले ८३ रन बनाए भने मार्नस लाबुसचाँगेले ७०, कप्तान एरोन फिन्चले ६० र ग्लेन म्याक्सवेलले २९ बलमा ६३ रन बनाएका थिए ।

भारतीय बलर मोहमद सामी, जसप्रित बुमराह र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।

यो जितसँगै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिज एक खेल बाँकी छदै २-० जितेको छ ।

अब सिरिजको अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै