• २०८१ जेठ ६ आइतबार

चौरसिया हत्या काण्डमा ७ जना आरोपीलाई उन्मुक्ति

kharibot

फाइल तस्बीर

वीरगन्ज । मुकेश चौरसिया हत्या काण्डमा आरोपित २७ जना मध्ये जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साले सात जनालाई उन्मुक्ति दिएको छ ।

सो मध्ये प्रहरीको प्रतिवेदनको आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालय वीरगंजले एक पक्षबाट राज कुमार गुप्ता, धीरज चौरसिया, वकील गद्दी तथा अर्को पक्षबाट नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहलगायत सात जनालाई घटनामा संलग्न नभएको भन्दै न्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ ।

जिल्ला न्यायाधिवक्ता पद्मबहादुर कार्कीका अनुसार तत्काल घटित घटनामा उल्लिखित व्यक्तिहरूको नाम प्रहरी प्रतिवेदनमा नदेखिएको कारण तथा प्रहरी अनुसन्धानबाट पनि सो घटनामा ती व्यक्तिहरू संलग्न नदेखिएकाले अनुसन्धानबाट खुलेका कारण यस कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको जनाईएको छ ।

गुट–उपगुटको कारण दुईटै पक्ष एक अर्का विरुद्धमा लागेपछि दुईटै पक्षबाट जिप्रकाले मुद्दा दर्ता गरेपछि २७ जना आरोपी भएका थिए । सो मध्ये मुख्य नेताहरू माथि मुद्दा नचल्ने तथा बाँकी अन्य कार्यकर्ता माथि मुद्दा चल्ने सङ्केत देखिएको छ । कात्तिक ६ गते विन्ध्यवासिनी गाउँपालिकामा शपथग्रहणको विषयलाई लिएर झडप हुँदा चौरसिया सख्त घाइते भएका थिए । भोलिपल्ट चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

चौरसिया हत्या काण्डका आरोपितलाई कारबाईको माग गर्दै विगत लामो समय देखि वीरगन्जमा आन्दोलनका कार्यक्रम हुँदै आएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै