• २०८१ बैशाख २३ आइतबार

एन आई सी एशिया बैंकको खुद मुनाफा गत वर्ष भन्दा १ प्रतिशतले वृद्धि

kharibot

काठमाडौँ । एन आई सी एशिया बैंकले  चालु  २०७७/०७८ वर्षको पहिलो त्रयमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । कोभिड-१९ को  असहज परिस्थितिमा पनि यस बैंकले पहिलो त्रयमासमा वार्षिक प्रति शेयर आम्दानी  ४२.१४ आर्जन गर्न सफल भएको छ । 

बैंकले गत वर्षको  तुलनामा १ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई  १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल (ROE) २२.९६ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

बैंकको यस प्रथम त्रयमास सम्ममा कर्जातर्फ  २९.८ अर्बले वृद्धि भई कुल कर्जा रकम २०३.६ अर्ब पुगेको छ । जुन अन्य  वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब १२९ अर्बको कुल वृद्धिमा यस बैंकले २३ प्रतिशतको हिस्सा रहेको छ । 

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ३६.०६ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन  २४४.८७ अर्ब पु¥याउन बैंक सफल भएको छ । अन्य वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब १७२ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा २१ प्रतिशत रहेको छ । 

बैंकको कुल निक्षेप रकममा व्यक्तिगत निक्षेपको हिस्सा ६४ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको हिस्सा ३४ प्रतिशत रहेको छ । यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्ष अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस त्रयमाससम्ममा ०.४० प्रतिशतमा झार्न बैंक सफल भएको छ ।

बैंकले  कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोही अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।

बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.२५ प्रतिशत मात्रै रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ । 

साथै बैंकको कुल कर्जामा ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ७८.८५ प्रतिशत रहेको छ भने  बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेपमा  १० निक्षेपकर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केवल १३.३४ प्रतिशत मात्रै रहेको छ।

गत आर्थिक वर्ष  २०७६/७७ को अन्त्यमा कुल आम्दानी, शाखा कार्यालयहरू, एटिएम, पीओयस मर्चेन्ट र किउआर  मर्चेन्टअन्य वाणिज्य बैंकहरूभन्दा  पहिलो स्थान हुन सफल भएको छ । साथै स्व-पुँजीमा प्रतिफल, ग्राहकहरूको संख्या, कर्जा प्रवाह र चल्ती तथा बचत निक्षेप  तर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने निक्षेप संकलनको हिसाबमा तेस्रो र खुद नाफामा चौथो स्थान ओगट्न सफल भएको छ । 

बैंकद्वारा आ.व. २०७६/७७ को लागि हालसम्म आफ्नो लाभांश सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश २१ मंसीर २०७७ मा सम्पन्न हुन गइरहेको बैंकको २३ औं वार्षिक साधारण सभाले स्वीकृत गर्ने एजेन्डा रहेको छ ।

बैंकको देशभरि  ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवम् ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै