• २०८१ बैशाख २३ आइतबार

एन आई सी एशिया बैंक र सेन्टबी  रेमिटबीच सम्झौता 

kharibot

काठमाडौँ । एन आई सी एशिया बैंक र सेन्टबी  रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौता पश्चात अब दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूको खातामा रकम सजिलै र तुरुन्तै  पठाउन सकिने भएको छ । 

दक्षिण कोरियामा रहेका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नेछ । 

उक्त सुविधा बाहेक  कोरियाबाट देशभर रहेको यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन सकिने समेत व्यवस्था रहेको बैंकले जनाएको छ  । 

कोरियामा बसोबास गर्दै आइरहेका  नेपालीहरूले सेन्टबी रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नेछ । 

यस  बैंकले  ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ  । 


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै