• २०८१ बैशाख १८ मंगलबार

अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा जोशी सम्मानीत

kharibot

फाइल तस्वीर

काठमाडौँ । वल्ड टुरिज्म नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानीत गरिएको छ ।

पर्यटन क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो ।

दक्षिण एसियाबाट सो अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘इन्टरनेशनल हल अफ टुरिज्म हिरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन् । विश्वभरिबाट नामाङ्कन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै क्रियाशील व्यक्तित्वलाई प्रदान गरिने सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अङ्गे, क्विआई ग्रुपकाका निर्देशक विजय पुनुसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष काथबर्ट एनक्यूब, जिम्बाबेका भूपू पर्यटनमन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन सङ्गठनका निवर्तमान महासचिव डा तालेब रिफाई, केनियाका पर्यटन सचिव नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेट जस्ता व्यक्तित्वहरु समावेश छन् ।

अर्वाड प्राप्त गरेपछि जोशीले यस अर्वाड प्रदान गर्ने विश्व पर्यटनका दिग्गज व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै यस अवार्डले आफूलाई पर्यटन विकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै