• २०८१ बैशाख २३ आइतबार

वृद्धामाथि करणी गरेको आरोपमा पक्राउ

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौँ । उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने चन्द्रबहादुर अधिकारी रहेको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । श्रीमतीको उपचारका लागि भारत लैजानुपर्ने भएकाले उनको हेरचाहका लागि भन्दै लगेर वृद्धालाई यौन शोषण र करणी गरेको निवेदनका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । यसअघि वृद्धालाई उनले घरेलु कामदारका रुपमा राख्दै आएका थिए ।

घटना गत साल पुसको हो । उनले वीरगञ्जको रक्सौलहुँदै कोलकाता पुर्याएर यौन शोषण गरी जबरजस्ती करणी गरेको भनी जाहेरी परेको जनाइएको छ । त्यसपछि अधिकारी फरार थिए । सोही निवेदनका आधारमा खोजी अभियानका क्रममा उनलाई चितवनको तोरीखेत भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

नक्क्ली डिएसपी पक्राउ 

महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले फोन मार्फत आफु महानगरीय प्रहरी वृत्त कालीमाटीको डिएसपी भएको जनाउँदै बब्लुसँग भएको झगडाका सम्बन्धमा छलफल गर्न भनी काठमाडौँको बानेश्वर बस्ने चन्दु झालाई कालीमाटी वृत्तमा बोलाएका थिए । कालिमाटी आउँदा प्रहरीले नबोलाएको थाहा पाएपछि कारवाहीका लागि चन्दुले निवेदन दिएका थिए । सोही आधारमा खोजी गर्दा उनलाई नियन्त्रणमा लिइएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै