काठमाडौँ । सभामुख देवराज घिमिरेले पुर्वसभामुख दमननाथ ढुंगानाको अन्त्यष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार निधन भएका पुर्व सभामुख ढुंगानाको सोमबार अन्त्यष्टि हुदै छ ।
सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले कानुनमन्त्रीलाई फोन गरेर ढुंगानाको अन्त्यष्टि राजकीय सम्मानका साथ गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।