• २०८१ असोज १७ बिहीबार

लद्दाख क्षेत्रमा भारतीय सेनाको कब्जामा चिनियाँ सेनाका जवान

kharibot

फाइल तस्बीर

काठमाडौँ । भारतको पूर्वी लद्दाखको सीमा क्षेत्रबाट भारतीय सेनाले चिनियाँ सेनाका एक जवानलाई पक्राउ गरेको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार भारतीय क्षेत्रमा प्रवेश गरेका चिनियाँ सेनाका जवानलाई पक्राउ गरेको हो ।

भारतीय सेनाले पक्राउ परेका चिनियाँ सेनाको नाम कार्पोरल वांग या लांग रहेको जनाएको छ । पूर्वी लद्दाखको डेमचोक सेक्टरमा सीमा रेखा पार गरेका सेनालाई पक्राउ गरेको जनाएको छ ।

भारतीय सेनाले चिनियाँ सैनिकलाई चिकित्सा सहायता. खान र न्यानो कपडा उपलब्ध गराएको जानकारी दिएको छ ।

चिनियाँ सेनाले बेपत्ता जवानको बारेमा भारतीय सेनालाई जानकारी गराएको छ । साथै भारतीय सेनाले सेनाको प्रोटोकल पुरा गरेर ति सैनिकलाई फिर्ता गरिने बताएको छ ।

मिडिया रिपोर्टका अनुसार ति सेनाले सिभिल र सेनाका कागजपत्र लिएर जान लागेको अवस्थामा पक्राउ गरेको हो ।

भारत र चीनबीच सीमा क्षेत्रमा तनाव जारी नै रहेका बेला यो घटना घटेको छ ।

गत जुन १५ मा भएको झडपमा भारतीय २० सेनाका जवानको मृत्यु भएपछि दुवै देशबीच तनाव जारी रहेको छ । यस बीचमा सीमा क्षेत्रमा पटक पटक हवाई फायर समेत भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै