• २०८१ जेठ ६ आइतबार

डा. गोविन्द केसीलाई शिक्षण अस्पताल जान अवरोध, ट्रमा सेन्टर पुर्याइयो

kharibot

काठमाडौँ । जुम्लाबाट आफ्नो १९औं सत्याग्रह थालेका डा. गोविन्द केसी काठमाडौँ आएका छन् ।

काठमाडौँ आएपनि डा. केसीलाई शिक्षण अस्पताल जान भने प्रशासनले अवरोध गरेको छ ।

बुद्ध एयरको नियमित उडानबाट काठमाडौँ आइपुगेका डा. केसीलाई प्रशासनले ट्रमा सेन्टरमा पुर्याएको छ ।

हाल वीर अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएकोले वीर अस्पतालबाट हुने उपचार सेवा अहिले ट्रमा सेन्टरबाट हुदै आएको छ ।

डा. केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै आफु काठमाडौँ आएर सत्याग्रह जारी राख्ने बताएका थिए । सोमबार नेपालगन्ज आइपुगेका डा. केसी त्यहि बसेर मंगलबार बिहान काठमाडौँ आएका हुन् ।  

डा. केसीले जुम्लाबजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा भदौ २९ गतेदेखि सत्याग्रह शुरु गरेकोमा आइतबार प्रशासनले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको थियो । 

स्वास्थ्य अवस्था बिग्रिएपछि प्रशासनले जबर्जस्ती डा. केसीलाई प्रतिष्ठानमा सारेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै