• २०८१ जेठ ६ आइतबार

काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन सफल, तत्काल शुल्क तिर्नु नपर्ने

kharibot

फाइल तस्बीर

काठमाडौँ । काठमाडौँ विश्वविधालय (केयु) मा नेपाल विद्यार्थी संघको नेतृत्वमा अन्य ४ विद्यार्थी संगठनद्वारा भाद्र १ गते देखी जारी विद्यार्थी आन्दोलनको अन्त्य भएको छ ।

विश्वविध्यालय प्रशासनले माहामारी र निषेधाआज्ञा जारी रहेको प्रतिकुल परिस्थितिमा विद्यार्थीबाट शुल्क उठाउन पटक पटक दवाब दिएपछि  विद्यार्थीहरु आन्दोलित भएका थिए । 

बुधबार स्कुल अफ साइन्सका डिन डा. कन्हैया झा र स्कुल अफ ईञ्जिनियरिङका डिन डा. डम्बरबहादुर नेपालीले कोर्ष रजिष्ट्रेशन फारमलगायतको शुल्क अर्को सूचना जारी नहुञ्जेलसम्म स्थगित गरेका हुन् ।

ढिलै भएपनि विश्वविध्यालयको तर्फबाट यस किसिमको सकारात्मक सुचना आउनु सरहानिय रहेको बताउंदै, नेपाल विद्यार्थी संघ, काविवि अध्यक्ष उज्वल प्रधानले विद्यार्थीको जितका निमित्त आफु सर्वोच्च अदालतसम्म पुगेको जानकारी दिए ।

आफ्नो नेतृत्वमा आन्दोलनको सुरुवात भएको जनाउदै उनले भने 'विद्यार्थीको जितका निमित्त म जुन सुकै हद पार गर्न तयार थिए र सदैब हुने नै छु ।' आफुले नेत्रित्व गरेका आन्दोलनहरु सबैजसो सफल गराएरै छोड्ने भएपनि यस पटकको आन्दोलन विद्यार्थी र अभिभावकको भावनासँग प्रत्यक्ष जोडीएको हुनाले अझै सन्तुष्टि मिलेको उनले बताए ।

विश्वविद्यालयले विद्यार्थीका जायज माग सम्बोधन गरेकोमा नेविसंघ काठमाडौं विश्वविध्यालयका सचिव आशिष ढकालले पनि धन्यवाद ज्ञापन गर्दै विद्यार्थीले प्रयोग नगरेका शीर्षकका शुल्क घटाउन विश्वविद्यालयले गठन गरेको समितिले छिटो प्रतिवेदन दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाल विद्यार्थी संघ, काविविका उपाध्यक्ष शिवाशिष सिंह स्वारले पनि विश्वविध्यालयको आज गरिएको निर्णयलाई साकारात्मक रुपमा लिंदै यस आन्दोलनमा साथ दिएका सम्पूर्ण आम विद्यार्थीलाई धन्यवाद दिए र आउने दिनमा पनि विश्वविध्यालयमा आईपर्ने सम्पूर्ण समस्याहरुको विरुद्ध नेपाल विद्यार्थी संघले सदैब लड्ने प्रतिवद्धता समेत जनाए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय