• २०८१ पौष ७ आइतबार

कार्यालय प्रमुख जानकारीविना नै राजधानी हिँडिदिँदा...

kharibot

फाइल तस्वीर

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ ।

प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारी समेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठक समेत प्रभावित भएको छ । गौतमले यही साउन २६ गते कार्यपालिकाको बैठकका लागि सबै कार्यपालिका सदस्यलाई सूचना गरेर आफू अघिल्लो दिन नै कसैलाई निमित्त समते नदिई कार्यालय छाडेर हिँडेपछि बैठक नै बस्न नसकेको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

वर्षातका समयमा गाडी नचल्ने बाटामा पैदल हिँडेर कार्यपालिका बैठकमा भाग लिन नगरपालिका पुगेका कार्यपालिकाका सदस्य बैठक नबसेकामा दुखित भएको वडा नं ७ का वडाध्यक्ष मोहन पन्थीले बताए । भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिकामा गोरुसिंगे–सन्धिखर्क सडकबाहेकका अन्य अधिकांश सडक पहिराले अवरुद्ध बनेका छन् ।

कार्यालय प्रमुख कार्यालय छाडेर जाँदा नगर प्रमुखलाई जानकारी दिने र निमित्तको जिम्मेवारी दिनुपर्ने भए पनि  गौतमले कसैलाई निमित्तको जिम्मेवारी समेत नदिँदा कार्यलयका अधिकांश कार्य रोकिएको नगर उपप्रमुख टीका रेश्मीले बताए ।

नगर प्रमुख र उपप्रमुखले आफूलाई सरुवा गर्न थालेको जानकारी पाएपछि त्यसको प्रतिरक्षाका लागि आफू काठमाडौँ आएको गौतमले टेलिफोनमा बताए । निमित्त कसैलाई दिनु नपर्ने र आफू मातहतको वरिष्ठ कर्मचारी स्वतः निमित्त हुने उनको भनाइ थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै