• २०८१ बैशाख १६ आइतबार

सिटिजन्स बैंक ऋणपत्र '२०८६' सूचिकृत

kharibot

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको  दुई अर्ब ५० करोड बराबरको ऋणपत्र “१० दसमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६ लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरी  उक्त १० दसमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६”सूचिकरण भएको हो । 

अब उपरान्त उक्त ऋणपत्र नेप्से मार्फत कारोबार गर्न सकिनेछ । बैकका अनुसार दुई  अर्ब ५० करोड बराबरको अर्थात एक हजार अंकित मूल्यका २५ लाख कित्ता “१० दसमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” २०७६ फागुन २० गते देखि २०७६ चैत ४ गते सम्म बिक्री भएको थियो । 

सिटिजन्स बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त सहयोगी विकास बैंक लिमिटेडलार्इ प्राप्ति गरी असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । 

बैकले देशैभरी १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी नौ अर्ब आठ करोड रुपैयाँ रहेको छ । 

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहक वर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै