काठमाडौँ । इलाम- २ मा मतगणना जारी रहेको छ । पहिलो मतगणनाको अपडेट हुदा १५२१ मत गणना गरिएको छ ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुदा एकीकृत समाजवादीले खाता खोल्न पनि सकेको छैन । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका जित बहादुर राईले यस वडामा एक मत पनि पाउन सकेका छैनन् फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ ।
अहिलेसम्म इलाम- २मा कांग्रेसका डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र लिम्बुले १८७ र रास्वपाका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।