• २०८१ बैशाख १५ शनिबार

सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा

kharibot

काठमाडौं । सिटिजन्स बैंकलेको ४ कात्तिकमा वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ ।

सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । यसर्थ, कम्पनीले एक अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (करसहित) नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले २८ असोजमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, २७ असोजमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै