• २०८१ कार्तिक २२ बिहीबार

लकडाउनमा पथलैया-वीरगन्ज व्यापारीक मार्गको काम पुनः शुरु

kharibot

बारा । राष्ट्रिय गौरवको आयोजना अन्तरर्गत रहेको बाराको बिरगंज पथलैया व्यापरीक मार्गको काम लकडाउनको समयमा पनि शुरु गरिएको छ । 

कोरोना भाइरस (कोविड–१९) का कारण देश पुरै लक डाउन भएको समयमा बन्द गरिएको निर्माण कार्यलाई ठेक्केदार कम्पनी शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभिले पुनः शुरु गरिएको हो ।

स्थानिय निकायको पहलमा लक डाउन भित्र जिल्ला कै मुख्य बजार जीतपुर बजारलाई लक्षित गरी काम अगाडी बढाउँने सहमती भए पछि व्यापारीक मार्ग आयोजना कार्यालय पथलैयाले काम अगाडी बढाउँन यस कम्पनिलाई निर्देशन दिएको छ ।

व्यापारिक नगरी भएका कारण बढि भिडभाड हुने जीतपुर बजार क्षेत्रलाई पहिलो प्रार्थमिक्तामा राखेर आँफुहरुले काम आगाडी बढाएको शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभिका प्रोजेक्ट कोडिनेटर प्रभात गिरीले जानकारी दिए ।

उनले कोरोनाको संक्रमण सर्न नदिन समाजीक दुरीका साथै सबै सुरक्षा उपाए अपनाएर काम अगाडी बढाएको र हाल जीतपुरमा बजारमा बाँकी रहेका नाला निर्माण र साईड लेन तैयार गर्ने काम भैरहेको समेत गिरीले बताए ।

यता व्यापारीक मार्ग आयोजना कार्यालयका ईन्जिनियर विवेक झाले पछाडी परेका दुई प्रोजेक्टको कामललाई अगाडी बढाउँन लकडाउनको समयमा पनि काम शुरु गरीएको जानकारी दिए ।

उनले सडकसँगै असार मसान्त सम्मको समय सिमा रहेको तिन ओटा पुलको समेत काम अगाडी बढेको बताए ।

७८ करोडमा पाँच दशमलव चार किलो मिटरको सडक निर्माणको सम्झौता गरेको यस शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभि कम्पनीले समयमा आफ्नो काम सम्पन्न नगरेका कारण यसको कार्य प्रगति ४२ प्रतिशत मात्र रहेको आयोजना कार्यालय पथलैयाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै