प्रदेशका १३ जिल्लामा होम क्वारेन्टाइनमा रहेकामध्ये मङ्गलबारसम्ममा कोरोना भाइरसका शङ्कास्पद ९०७ जनाको र्यापिड किट परीक्षण गर्दा भक्तपुर धादिङ र काभ्रेमा गरी छ जनाको रिपोर्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
र्यापिड किट परीक्षणमा पोजेटिभ फेला परेकाले उनीहरुको पुनः अर्को परीक्षणका लागि काठमाडौं शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको निर्देशनालयका प्रमुख रमेशप्रसाद अधिकारीले बताए ।
र्यापिड किट परीक्षणमा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो ।