काठमाडौँ । हलिवुडमा फिल्म निर्माता हार्वी वाइन्सटाइनलाई कोरोनाको संक्रमण भएको छ ।
अभिनेत्रीहरुलाई यौन शोषणको आरोपमा २३ बर्षको जेल सजाय पाएर न्युयोर्कको कारागारमा हार्वी संक्रमित भएको बताइएको छ ।
हार्वीलाई गत फागुनको अन्तिम साता अदालतले २३ बर्षको जेल सजाय सुनाएको थियो ।
न्युयोर्कको स्टेट करेक्सन अफिसर्स युनियनले हार्वीलाई कोरोना टेस्ट पोजेटिभ देखिएको र उनलाई आहिले आइसोलेसनमा राखिएको बताएको छ ।
६८ बर्षिय हार्वीलाई आइतबार बिहान आएको रिपोर्ट पोजेटिभ देखिएको थियो । उनी गत बुधबार मारे अत्यन्त सुरक्षित मानिएको इष्ट बुफालो जेलमा आएका थिए ।
८० भन्दा बढी हलिवुड अभिनेत्रीलाई यौन शोषण गरेको आरोप लागेका हार्वीलाई पाँच पहिला र ७ पुरुष न्यायाधिशको प्यानलले पाँच दिनसम्मको बहस र छलफलपछि हार्वी यस प्रकरणमा अघिल्लो महिना दोषी रहेको निर्णय सुनाइएको थियो ।
हार्वीको यौन शोषण एक पछि अर्को गर्दै खुल्दै गएपछि २०१८ मा यसले एक अभियानको रुप लिएको थियो । यसै घटनाको विरोधमा विश्वभर ‘मी टू’ नामक अभियान चलेको थियो ।
हार्वीलाई हलिवुडका चर्चित अभिनेत्री एन्जेलिना जोलीसहित ग्वीनेथ पाल्त्रोव जस्ता अभिनेत्रीले यौन शोषणको आरोप लगाएका थिए ।