• २०८१ बैशाख १७ सोमबार

हलिवुड निर्माता हार्वीलाई २३ बर्षको जेल सजाय

kharibot

काठमाडौँ । हलिवुडमा फिल्म निर्माता हार्वी वाइन्सटाइनले अभिनेत्रीहरुलाई यौन शोषणको आरोपमा २३ बर्षको जेल सजाय भएको ।

बुधबार वाइन्सटाइनलाई न्युयोर्कको अदालतले २३ बर्षको जेल सजाय सुनाएको हो ।

ह्विलचेयरमा अदालत पुगेका वाइन्सटाइनले पहिलो पटक अदालतमा आफ्ना कुरा राखेका थिए । सिएनएनका अनुसार उनले अदालतमा आफुले यो कुरा मनदेखिनै अनुभव गरेको भन्दै आउदा दिनमा आफु राम्रो मान्छे बन्ने प्रयास गर्ने बताएका थिए ।

६७ बर्षिय हलिवुड निर्मातालाई न्यायाधिशले २० बर्षको सजाय यौन सम्बन्धि अपराधका लागि सजाय सुनाएकाछन् भने ३ बर्षको सजाय बलात्कारको लागि सुनाएका छन् ।       

८० भन्दा बढी हलिवुड अभिनेत्रीलाई यौन शोषण गरेको आरोप लागेका हार्वीलाई पाँच पहिला र ७ पुरुष न्यायाधिशको प्यानलले पाँच दिनसम्मको बहस र छलफलपछि हार्वी यस प्रकरणमा अघिल्लो महिना दोषी रहेको निर्णय सुनाइएको थियो ।

त्यति बेला उनलाई यस प्रकरणमा २५ बर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको थियो ।

हार्वीको यौन शोषण एक पछि अर्को गर्दै खुल्दै गएपछि २०१८ मा यसले एक अभियानको रुप लिएको थियो । यसै घटनाको विरोधमा विश्वभर ‘मी टू’ नामक अभियान चलेको थियो ।

त्यसति प्रकरणलाई सबै भन्दा पहिला बाहिर ल्याउने न्युयोर्क टाइम्सलाई पुलित्जर पुरस्कार समेत दिइएको थियो ।

यस प्रकरणपछि ६७ बर्षिय हार्वीलाई उनको कम्पनिबाट मात्र निकालिएन उनलाई मानसिक रोगीको संज्ञा दिदै पुनरुत्थान केन्द्रमा समेत लागिएको थियो । तर उनले भने अभिनेत्रीहरुसँग उनीहरुकै मर्जीले सेक्स गरेको बताउदै आएका थिए ।

हार्वीलाई हलिवुडका चर्चित अभिनेत्री एन्जेलिना जोलीसहित ग्वीनेथ पाल्त्रोव जस्ता अभिनेत्रीले यौन शोषणको आरोप लगाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै