• २०८१ जेठ ६ आइतबार

चुनढुङ्गा उत्खनन रोक्न सङ्घर्ष समिति गठन

kharibot

फाइल तस्वीर

झिमरुक । माण्डवी गाउँपालिका–५ सिरुबारीमा चुनढुङ्गा उत्खनन रोक्न भू तथा पर्यावरण संरक्षण समिति मार्फत सङ्घर्ष समिति गठन गरिएको छ ।

महाकाली खनिज उद्योग प्रालि घोराही दाङले उत्खनन गर्न लागेको भन्ने जानकारी पाएपछि शङ्कर आचार्यको अध्यक्षतामा २० सदस्यीय समिति गठन गरिएको हो ।

सो समितिको उपाध्यक्षमा नरेन्द्र खड्का, सचिवमा टोपाराम आचार्य र कोषाध्यक्षमा टोपबहादुर मल्ल रहेका छन् । अन्य १६ सदस्यमा चयन भएको सचिव आचार्यले बताए ।

उत्खनन रोक्न समिति मार्फत पहल गरिने उनले बताए । स्थानीयवासीलाई आधिकारिकरूपमा जानकारी नभएको र मापदण्ड विपरीत उत्खनन गर्न लागेका कारण यसलाई तत्काल रोक्ने अभियानमा आफूहरु लागेको उनको भनाइ छ ।

चुनढुङ्गा उत्खननले यहाँको पर्यावरणमा ह्रास आउने, पानीका मुहान सुक्ने, गाईवस्तुको चरिचरण हराउने, धुवाँधुलोको प्रदूषण बढ्नेलगायतका समस्या स्थानीयवासीले भोग्ने भएका कारण चुनढुङ्गा उत्खनन कुनै पनि हालतमा गर्न नदिइने सचिव आचार्यले बताए ।

समिति गठन कार्यक्रममा जिल्लाका सात वटै सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, पूर्वसांसद, राजनीतिक दल, स्थानीयवासी लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै