• २०८१ बैशाख २६ बुधबार

शिवम सिमेन्टको चुनढुङ्गा खानी अवैध भन्दै स्थानीयको विरोध, एक सातादेखि बन्द 

kharibot

मकवानपुर ।  हेटौंडाको हटियामा सञ्चालनमा रहेको शिवम सिमेन्ट उद्योगको सुकौरामा रहेको चुनढुङ्गा खानी स्थानीय बासिन्दाले एक सातादेखि बन्द गरिरहेका छन् । 

गढी गाउँपालिकाको सुकौरा र बुढीचौरमा अवैध रुपमा खानी संचालन गरेको भन्दै स्थानीय बासिन्दाले खानी बन्द गर्नुका साथै उद्योगको सवारीका साधन ओहोरदोहोर गर्नका लागि पनि रोक लगाएका छन् । 

अवैध रुपमा खानी संचालन गरेकै कारण गढी गाउँपालिकाको सबैजसो वडाका बासिन्दाहरुलाई असर गरेको भन्दै एक हप्ता अगाडिदेखि खानी बन्द गरेर आफूहरु धर्नामा बसेको खानी पीडित संघर्ष समितिका संयोजक केशव सापकोटाले खरिबोटलाई बताए । 

अवैध रुपमा खानी संचालन गरेकै कारण सामरी खोलाको सतह बढेर सिङगो गाउँपालिकाका वडाहरु नै असुरक्षित बनेको सापकोटाले बताए । पटक–पटक सहमति गर्ने तर कार्यान्वयन भने नगर्ने भएका कारण आन्दोलनमा उत्रन बाध्य भएको पीडितहरुले बताएका छन् । 

आफ्ना मागहरु सुनुवाई गर्नुको सट्टामा गुण्डाहरु पठाएर आन्दोलन भाँड्न खोज्ने, प्रहरी प्रशासनको दुरुपयोग गर्दै आन्दोलन प्रभावित पार्ने काममा उद्योग लागेको उनीहरुको आरोप छ । 

त्यस्तै शिवम सिमेन्ट उद्योगको मुलगेटमा धर्नामा बसेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै