• २०८१ बैशाख १७ सोमबार

सामसङ ग्यालेक्सी एस२० सीरिजका फोन नेपाली बजारमा : के - के छन् सुविधा ?

kharibot

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी स्मार्ट फोन प्रस्तुत गरेको छ ।

सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ ।

नेपालमा यही फाल्गुन ३० गतेदेखि ग्यालेक्सी एस२० र एस२०+ उपलब्ध हुनेछ । साथै प्रि–अडर गर्ने उपभोक्ताहले यी फोनहरु सो मिति भन्दा अगाडि नै पाउनेछन् । सामसङका दुबै फोन ग्यालेक्सी एस२० र एस२०+ सेटहरु नेपाली बजारमा निम्न मूल्यमा बिक्री हुनेछन् ।

  • ग्यालेक्सी एस२०  :  रू १०७,४९९ /-
  • ग्यालेक्सी एस२०+ : रू ११९,४९९/-

ग्यालेक्सी एस२० सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जबाट उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिन्छ । जीवन्त रुपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई वेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता यसले प्रदान गर्दछ ।

“सामसङ न्बबिहथ क्द्दण् सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ ।” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

यसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ - ए आई तथा सामसङको वृहत इमेज सेन्सरले हरेक क्षणलाई उत्कृष्टताका साथ कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ । 
एस२० सीरिजमा सामसङका विशेष सुविधाहरु रहेका छन् । यो सीरिजमा उत्कृष्ट हार्डवेयर एवं फिचर्सहरु रहेका छन् : 

उत्कृष्ट दृश्यावलोकन : उच्चस्तरीय फोटो खिच्नको लागि एस२० सीरिजमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ ।

सुपर जुम : दुबै फोनमा ३०X सम्मको जुम रहेको छ ।

सिंगल टेक : सिंगल टेकले एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरुको प्रयोग गर्दछ । यसमा तपाइँले विभिन्न फाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्न आवश्यक हुँदैन ।

प्रो - ग्रेड - फ्लिमिङ्ग : ग्यालेक्सी एस२० संसारको एकमात्र स्मार्ट फोन हो जसबाट ८K भिडियो रेकडिङ्ग सकिन्छ । नयाँक्यामेराको संरचनाले तपाइँलाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनरसिप्सको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ । यसबाट ८K क्वालिटीको भिडियोखिच्न सकिन्छ र जुन सामसङको कियुएलइडी ८K मा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । साथै ८K भिडियोबाट हाइ–रिजोलुसनफोटो पनि निकाल्न सकिन्छ ।

ग्यालेक्सी एस२० तथा एस२०+ १४ फागुन, २०७६ देखि शुरु हुने अग्रिम अर्डर अवधिमा नेपालका कुनै पनि सामसङको स्टोरमा रु ५०००/- जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस२० डुई वटा रंग कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस२०+ तीन वटा रंग कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध रहने छ ।

ग्यालेक्सी एस२०+ अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि रु. ५,९९९/- मा खरिद गर्न सक्ने छन् । साथै, ग्यालेक्सी एस२० अग्रिम अर्डर गरेका ग्राहकहरुले रु २,९९९/- थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इन्चको सामसङ टिभिरु ८,९९९/- मा खरिद गर्न सक्ने छन् ।

साथै अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी उपहार स्वरुप टर्किस एअर लाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा, लेट मिइनका सेवाहरुमा, बयोधा हस्पिटलमा एवं केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउनेछन् ।

अग्रिम अर्डर गरेका ग्राहकहरुलाई एकपटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) पनि उपलब्ध हुनेछ ।

साथै अग्रिम अर्डर गर्ने ग्राहकहरु लक्की ड्र का लागि स्वतः योग्य हुनेछन् जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट दुइतर्फी बिजनेस क्लास टिकेट,ग्यालेक्सी वाच एक्टिभ २,केजीएच ग्रुपको वाटरफ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बसाइ पाउनेछन् । साथै, लेट मिइनको तर्फबाट रु ५०००/- बराबरको कुपन पनि पाउनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै