• २०८१ बैशाख १७ सोमबार

सामसङको 'नियोन' विश्वको पहिलो कृत्रिम मानव

kharibot

काठमाडौँ । सामसुङ इलेक्ट्रोनिकसको प्रयोगात्मक अनुसन्धान शाखाले विश्वकै पहिलो कृत्रिम मानव सार्वजनिक गरेको छ । 

विश्वको नयाँ इनोभेसन प्रदर्शन गर्ने 'सीईएस २०२०' प्रदर्शनीमा सामसङले 'नियोन' नामको कृत्रिम मानव सार्वजनिक गरेको हो ।

यसलाई विश्वको पहिलो कृत्रिम मानव भनेर घोषणा गरिएको छ । 

यो मानिसको वौधिकताको एउटा भर्चुअल सिमुलेसन हो जसले मानिस जस्तै नयाँ कुरा सिक्नेदेखि लिएर त्यसलाई बुझ्ने र सम्झिने गर्न सक्छ ।

यी सबै सिमुलेटेड मानव केवल स्क्रिनमा मात्र हुनेछन् वास्तविक जीवनमा हुदैनन्, यसलाई नियोन नाम दिइएको छ ।

सामसुङले उक्त प्रविधिले पछि गएर राम्रो व्यक्तित्व बनाउने बताएको छ ।

यसले साथी बनाउने, योगा गुरु बन्नेदेखि टेलिभिजनमा प्रस्तोता बन्ने तथा प्रवक्ता बन्न सक्ने बताएको छ ।

सामसुङ टेक्नोलोजी एण्ड एडभान्स रिसर्च, स्टार ल्याबका प्रमुख कार्यकारी अधिकृत प्रनव मिस्त्री भन्छन्, “ नियोन एउटा नया प्रकारको जिन्दगी जस्तै हो, हाम्रो ग्रहमा लाखौ प्रजाति छन् र हामीले एउटा नयाँ थप गर्न लागेको मात्र हो, नियोन हाम्रो साथि बन्नेछ, सहयोगी तथा सहकर्मी बन्ने छ, यसले अन्तरक्रिया मार्फत नयाँ कुरा सिक्ने र आफै विकास हुँदै जान्छ ।”

मिस्त्रीले आफ्नो ट्वीटमा एप्पलका को-फाउन्डर स्टिभ जबसंग नियोनलाई तुलना गर्दै उनी जस्तै बनाएका छन् ।

सामसुङले घोषणा गरे अनुरुप नयाँ प्रविधि विकास गर्दै छ, जसलाई कोर- आर ३ बताएको छ, आर-३ को मतलब रियालिटी, रियल टाइम र रेस्पोन्सिभ रहेको छ ।

न्युट्रल नेटवर्कको प्रयोग ताथा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट कोर-आर३ निर्माण भएको र यसले मानिसको बाहिरी रुप, व्यबहार र कुराकानी छिटै बुझ्ने र डिजिटल रुपमा वास्तविक जीवन जस्तै रियालिटी बनाउने कम्पनीले बताएको छ ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै