• २०८१ बैशाख १७ सोमबार

सामसङले रुसमा आफ्ना फोन र चिप्स बेच्न बन्द गर्यो

kharibot

काठमाडौँ । स्मार्टफोन निर्माता कम्पनी सामसङले ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप्सको बिक्री बन्द गरेको छ ।

कम्पनीले यस जटिल परिस्थितिमा नजर राख्दै अन्य निर्णय पछि लिने बताएको छ ।

दक्षिण कोरियाको सामसङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो । यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पलले गरेको छ ।

कम्पनीले रुसमा आफ्ना सामान बेच्न मात्र रोकेको छैन, युक्रेनमा जारी मानवीय राहत कार्यलाई सहयोग गर्न ६ मिलियन डलर सहयोग गर्ने पनि बताएको छ ।

यसमा कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट सङ्कलन गरिएको पैसा समावेश हुनेछ ।

यसअघि शुक्रबार माइक्रोसफ्ट र एप्पलले रुसमा आफ्ना सामानको बिक्री रोकेका थिए ।

हर्मेस, केरिङ र च्यानल जस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा आफ्ना पसलहरू बन्द गरेका छन् । यसै क्रममा कार्ल्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै