• २०८१ बैशाख २० बिहीबार

सकियो लाटोकोसेरो तथा हुचिल उत्सव

kharibot

लाटोकोसेरो तथा हुचिल उत्सव २०७६ का अवसरमा गालामा लाटोकोसेरोको चित्र बनाएका युवती । तस्वीरः वासुदेव पौडेल/रासस

पोखरा । प्रकृतिका साथीहरू, मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङभाङ युवा क्लबद्वारा स्याङजाको राङभाङ– भैँसेगौडामा आयोजित लाटोकोसेरो तथा हुचिल उत्सव शनिबार सकिएको छ ।

किसानको साथीका रुपमा चिनिने लाटोकोसेरो संरक्षणका अभावमा हराउँदै गएको भन्दै यसको संरक्षणमा सचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक बालकुमार गुरुङले बताए ।

तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहश्राब्दी पदमार्ग (मलेनियम ट्रेक) अन्तर्गत पर्ने यो क्षेत्र चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य भएको र यहाँ पाँच प्रजातिको लाटोकोसेरोका साथै नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर ठाउँठाउँमा देख्न सकिने उनले जानकारी दिए ।

प्रदेशसभा सदस्य दीपक घर्तीमगरले पर्यावरणका दृष्टिले नेपाल धनी भएको बताउँदै यस किसिमको कार्यक्रमले पर्यावरणीय संरक्षणमा विशेष योगदान दिने बताए । प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले संरक्षणको अभावमा लाटोकोसेरो लोप हुँदै गएको वास्तविकतामा नेपालमा विगत आठ वर्षयता यस किसिमको उत्सव गरिँदै आइएको जानकारी दिए ।

उत्सवसँगै यस क्षेत्रमा लाटोकोसेरो संरक्षणसम्बन्धी जनस्तरमा सचेतना अभिवृद्धि भएको उहाँले विश्वास व्यक्त गरे । मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले मिलेनियम ट्रेकअन्तर्गतको राङभाङ–भैँसेगौडामा आयोजित उत्सवले यस क्षेत्रमा चरा पर्यटनका साथै समग्र मिलेनियम ट्रेकको प्रवद्र्धनमा टेवा पुगेको बताए ।

दुईदिने उत्सवका अवसरमा विभिन्न प्राचीन संस्कतिमा आधारित नाच, लाटोकोसेरोको जानकारीमूलक प्रदर्शनी गरिएको थियो ।

उक्त अवसरमा लाटोकोसेरो संरक्षणलाई लक्षित गरी आयोजित विद्यालयस्तरीय कथा, कविता, निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै