• २०८१ बैशाख २१ शुक्रबार

एक समय म आत्महत्या गर्न चाहन्थे – अभिनेत्री इलियाना डिक्रुज

kharibot

मुम्बई । बलिवुड अभिनेत्री इलियाना डिक्रुजले डिप्रेसनका कारण एक समय आफुले आत्महत्या गर्न खोजेको खुलासा गरेकी छन् ।   

मेन्टल हेल्थ सम्बन्धि २१औ कांग्रेसलाई समबोधन गर्ने क्रममा इलियानाले आफ्नै बारे सो खुलासा गरेकी हुन् ।  

इलियानाले आफ्नो फिल्मी क्यारियरको स्ट्रगल र डिप्रेसनको बारेमा कुरा गर्दै डिप्रेसन सत्य कुरा भएको र यो दिमागको एक किसीमको केमिकल असमानता भएको बताएकी छन् ।  

उनले आफु अत्यन्त संकोची प्रकारको भएको बताउदै आफ्नो शरीर हेरेर फिल्म लिइएको बताइन् ।   उनले भनिन् -' म सधै उदास रहने र आफु डिप्रेसन र डिस्मर्फिक डिसअर्डरबाट ग्रसित भएकी थिए, जसको कारण आफ्नो जीवन समाप्त पारौ भन्ने सोच आउथ्यो ।'  

दक्षिण भारतमा समेत चर्चित अभिनेत्री रहेई इलियानाको बलिवुडमा पछिल्लो पटक अभिनेता अजय देवगनसँग यसै बर्ष बादशाहो फिल्म आएको थियो ।  इलियानाले रुस्तम, मै तेरा हिरो, मुबारकन, बफ्री जस्ता चर्चित फिल्ममा अभिनय गरिसकेकी छन् ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै