काठमाडौँ । विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रसियालाई चार बर्षका लागि सबै खाले अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको छ ।
वाडाको यो प्रतिबन्धपछि रसिया २०२० को ओलम्पिक र २०२२ को विश्वकप फुटबल खेल्न नपाउने भएको छ ।
वाडाले २०२० मा हुने युरोकप फुटबलमा भने खेल्न पाउने भएको छ । युरोकपकाल आगी रसिया छनौट भइसकेको छ ।
वाडाको कार्यकारी समितिको बैठकले रसियाले ल्याब टेस्टका डाटामा छेडछाड गरेको आरोप लगाएको छ ।
वाडाले रसियाले नक्कली प्रमाण पेस गरेको र डोपिङ टेस्टका प्रमाण हटाएको पाइएको भन्दै प्रतिबन्ध लगाएको बताएको छ ।
वाडाले रसियालाई खेलकुद अदालतमा अपिल गर्न २१ दिनको समय दिएको छ ।