• २०८१ बैशाख १६ आइतबार

नेपाली महिला फुटबल टिमको फिफाको वरियतामा पाँच स्थानको सुधार

kharibot

काठमाडौँ । नेपाली महिला फुटबल टिमले फिफाको वरियतामा पाँच स्थानको सुधार गरेको छ ।

फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो ।

यस अघि नेपाली महिला टिम फिफा वरियतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरियतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो । त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औं स्थानसम्म झरेको थियो ।

नेपाली महिला टिमले हालै साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेर गरेको उत्कृष्ट प्रदर्शनपछि फिफा वरियतामा सुधार आएको हो । फिफा वरियतामा छिमेकी देश भारतीय महिला फुटबल टिम ६६औ स्थानमा रहेको छ । 

त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा भने स्पेन रहेको छ । त्यस्तै इङल्याण्डले दुई स्थानको सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो र यसअघि दोस्रो स्थानमा रहेको अमेरिका चौथो स्थानमा झरेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै