• २०८१ बैशाख २५ मंगलबार

एएफसी अन्डर १९ च्याम्पियनसिप : नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै 

kharibot

काठमाडौँ । एएफसी अन्डर १९ च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालले आज घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ । 

एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम उच्च मनोबलसहित किर्गिस्तान पुगेको छ । 

एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह ‘ए’ मा रहेको नेपालले युएई, ‌ओमान, बहराइन र आयोजक किर्गिस्तानसँग प्रतिश्पर्धा गर्दैछ।

कात्तिक १६ गते नेपालको दोस्रो खेल बहराइनसँग, तेस्रो खेल १८ कात्तिकमा युएईसँग तथा चौथो खेल २२ कात्तिकमा ओमानसँग छ।

समूहमा शीर्ष स्थान हात पार्ने टिम आगामी वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ । दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ । दोस्रो स्थान प्राप्त गर्ने टिममध्ये उत्कृष्ट टिम पनि छानिनेछ । सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै