• २०८१ बैशाख १८ मंगलबार

विराटनगरमा नगर र गाउँ जोडिने सडक निर्माण हुने - मन्त्री पण्डित

kharibot

फाइल तस्वीर

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताएका छन् ।

विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक कक्षको उद्घाटन कार्यक्रममा उहाँले उक्त सडक सञ्जाल जोड्न रु आठ खर्ब खर्च लाग्ने भए पनि हाललाई उक्त कार्यका लागि काम अगाडि बढाउन शुरु गरिएको बताए ।

मन्त्री पण्डितले नेपालको कूल बजेटको २५ प्रतिशत रकम सडक निर्माणमा खर्च हुने चर्चा गर्दै सडक निर्माणमा न्यून गुणस्तरीय निर्माण गर्नेलाई दण्डित गरिने धारणा व्यक्त गरे । उनले यस क्षेत्रका जनतालाई सहज आवागमनका लागि विराटनगरको रानी–निमुवा नहर सडकको कालोपत्र गर्ने कार्यको आगामी हप्ता शिलान्यास गरिने जानकारी दिए । उनले मुलुकमा भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य शुरु भएको छ भन्दै आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कोही कसैले छुट नपाउने बताए ।

मन्त्री पण्डितले अहिले नेपालको वार्षिक वृद्धिदर सात प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै वर्तमान सरकारले ११ प्रतिशत पु¥याउने लक्ष्यले काम गरिरहेको र यसैबाट मुलुकमा समृद्धी आई जनतालाई खुशी तुल्याउने धारणा राखे । उनले अहिले जनताले जहाँ खोजे त्यहीँ सरकार रहेको चर्चा गर्दै तीन तहको सरकारको सहकार्यमा मुलुकको विकास अघि बढ्ने विश्वास व्यक्त गरे ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै