• २०८१ बैशाख २० बिहीबार

एलियनको खोजीमा लागेका वैज्ञानिकले भेटे १०० भन्दा बढी संकेत 

kharibot

बेइजिङ (चीन) । एलियनको संसार खोजीमा ब्रह्माण्डको कुनाकुनामा खोजी गरिरहेका वैज्ञानिकहरुले अन्तरिक्षमा १०० भन्दा बढी संकेत प्राप्त गरेका छन् ।

चीनको नयाँ विशाल फास्ट नामक टेलिस्कोपले अन्तरिक्षमा ठूलो धमाकाको आवाज सुनेको थियो । वैज्ञानिकहरुका अनुसार फास्ट विश्वकै सबैभन्दा संवेदनशील श्रवण यन्त्र हो । 

अन्सन्धाताहरुले अगस्ट २९ मा टाढा अन्तरिक्षमा एक विशेष स्रोतबाट दर्जनौं धमाकाको आवाज आएको बताए । यो धमाका तीव्र रेडियो ब्रस्टबाट बनेको थियो ।

फास्ट रेडियो ब्रस्ट अथवा एफआरबीएस आकाशगंगाभन्दा बाहिरको आकाशका विभिन्न भागमा मिलिसेकेन्डको लागि उत्पन्न चमक हो । यसमा लामो दूरीको रेडियो फ्रिक्वेन्सी समहित हुन्छ । एफआरबीएस निकै शक्तिशाली रेडियो सिग्नलको रुपमा पृथ्वीमा आउँछ । 

एफआरबीएसमा धेरै आवाज हुन्छ । तर, यी आवाज कहाँबाट कसरी आएका छन् भन्ने अहिलेसम्म निर्धारण हुन सकेको छैन । वैज्ञानिकहरुले यसका धेरै सम्भावना व्यक्त गरेका छन् ।

जब कुनै तारा ब्ल्याक होलमा खस्छ, अथवा एलियनको संसारमा जब कृत्रिम धमाका हुन्छ, तब एफआरबीएस उत्पन्न हुने वैज्ञानिकहरुको अनुमान छ । वैज्ञानिकहरुले फास्ट टेलिस्कोपको माध्यमले जुन आवाज सुने, त्यो लगातार आइरहेको एफआरबीएसमध्ये नै कुनै एक रहेको बताइएको छ ।

अब उक्त आवाजको विश्लेषण गरेर यसको स्रोत पत्ता लगाउन सकिने उनीहरुको मान्यता छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै