• २०८१ बैशाख १२ बुधबार

के एलियन अस्थित्वमा छ ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । पछिल्लो दशकमा अन्तरिक्ष अनुसन्धानले राम्रै स्थान पाएको छ । अन्तरिक्षमा जेम्स वेब टेलिस्कोप परिचालनदेखि प्लुटोमा अन्तरिक्ष मिसन सुरु गरेर अन्तरिक्ष यात्रीहरुले धेरै ‘ब्रेकथ्रु’ गरेका छन् । 

भूर्गविद्, वैज्ञानिक, अन्तरिक्ष यात्रीले लामो समयदेखि अन्तरिक्षका विभिन्न रहस्य सार्वजनिक गर्दै आएका छन् । 

अन्तरिक्षको क्षेत्रमा धेरै ठूला प्रगति भए पनि एलियन जीवन भने अझै रहस्यकै गर्भमा छ । विभिन्न समयमा धेरै अपरिचित उड्ने वस्तु पृथ्वीमा देखिएसँगै एलिनको अस्थित्वबारे पनि चर्चा बढेको छ । 

वैज्ञानिकहरुले विभिन्न ग्रह र सौर्य प्रणालीका विभिन्न तथ्य सार्वजनिक गरिसकेका छन् । ताराको प्रकृति, पुच्छ्रेतारासँग सम्बन्धित विभिन्न जिज्ञासा समाधान भएका छन् । 

तर, ब्रह्मान्डमा ‘एलियन लाइफ’ को अस्थित्वबारे गरिएका विभिन्न प्रश्न अनुत्तरित छन् । किन ? एलियन लाइफ वास्तविकता हो भने किन अझै रहस्यमै छ ?

ब्रह्मान्डमा एलियनको अस्थित्वबारे विभिन्न पौराणिक ग्रन्थ, चलचित्रलगायतमा पढ्न तथा सुन्न पाइन्छ ।

दशकौंदेखि एलियनको विषय मानव जगतका लागि एउटा सर्बाधिक विषय बनेको छ । अन्तरिक्ष विज्ञानमा प्रगतिसँगै यस विषयप्रतिको उत्सुकता झन् बढिरहेको छ । 

विश्वभरका वैज्ञाकिहरुले ब्रह्मान्डमा एलिनको जीवन पत्ता लगाउन सकेका छैनन् भने विश्वास गर्न पनि कठिनाई भइरहेको छ । योसँगै प्राय मानिसको दिमाग घोच्ने प्रश्न पनि छ– ब्रह्मान्डमा के एलियन जीवन छ ? के हामी एक्ला छौं ? एलियनबारे सार्वजनिक हुन नसकेका धेरै गोपनियता सार्वजनिक हुन बाँकी नै छ । आशा गरौं वैज्ञानिकहरुले छिट्टै यो रहस्य सार्वजनिक गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै