Skip This
  • २०८१ असोज ३ बिहीबार

बाग्लुङ्गमा आइएमई लाइफ इन्सुरेन्सको शाखा विस्तार

kharibot

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाग्लुुङ्गमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका हुन् ।

उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीले एक वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब पुग्ने जानकारी उनले गराए ।  

उक्त कार्यक्रममा कम्पनीको बाग्लुङ्ग शाखाले सोही दिन २० लाख बीमा शुल्क आर्जन गरेको जानकारी गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै