• २०८१ बैशाख २० बिहीबार

अभिषेक र इलियानालाई लिएर नयाँ फिल्म बनाउदै अजय देवगन 

kharibot

मुम्बई । बलिवुड अभिनेता अभिषेक बच्चन र अभिनेत्री इलियाना डिक्रुज अर्का अभिएन्त अजय देवगनको फिल्ममा अभिनय गर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार अजयले निर्माण गर्न लागेको नयाँ फिल्ममा अभिषेक र इलियानालाई साइन गरिएको छ । फिल्मको नाम भने अझै निश्चित भएको छैन ।

फिल्मलाई कुकी गुलाटीले निर्देशन गर्ने भएका छन् । गुलाटी अजयको हालै रिलिज भएको फिल्म टोटल धमालको क्रियटिभ डाइरेक्टर थिए ।

अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको बताइएको छ । फिल्म  भारतमा सन् १९९० देखि सन् २००० को फाइनान्सियल परिवर्तनको कथा रहेको बताइएको छ । फिल्ममा इलियानाको भूमिका विशेष रहेको बताइएको छ भने फिल्ममा उनी अभिषेकको अपोजिट भने नहुने भएकी छन् । इलियानाको अपोजिट अभिनय गर्ने कलाकार भने फाइनल हुन अझै बाँकी रहेको छ ।

हाल सैफअली खानसँग फिल्म तानहाजीको शुटिंगमा व्यस्त रहेका अजयको हालै दे दे प्यार दे फिल्म रिलिज भएको थियो । त्यस्तै अभिनेता अभिषेक भने अनुराग बासुको निर्देशनमा बन्ने फिल्ममा व्यस्त रहेका छन् ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै