• २०८१ बैशाख १६ आइतबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा चिप्लियो

kharibot

फाइल तस्बीर

काठमाडौँ । शुक्रबार बिहान यति एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएपछि त्रिभुवन विमानस्थल अनिश्चितकालको लागि बन्द गरिएको छ ।

विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् । 

एती एयरलाइन्सको एनवाईटि ४२२ विमान अवतरणको क्रममा विहान ११ बजेर ५ मिनेट जादा रनवेबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो ।

विमानमा २ बालबालिका, चालकदलका तीन सदस्यसहित कुल ६६ जना रहेको एती एयरलाइन्सले जानकारी दिएको छ  ।

यति एयरलाइन्सले विमानमा रहेका चालकदलका सदस्यसहित सबै ६६ जना सकुशल रहेको जनाएको छ । उनीहरुलाई सकुशल उद्धार गरिएको र कसैलाई पनि कुनै किसिमको चोट नलागेको एती एयरलाइन्ले जानकारी दिएको छ ।  

विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै