• २०८१ बैशाख १७ सोमबार

एनसीसी बैंकको एटिएमको रकम चोर्न खोज्ने पक्राउ

kharibot

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) बैंकको एटिएम मेसिन फुटाएर रकम चोर्न खोज्ने पक्राउ परेकाछन् ।

प्रहरीका अनुसार महानगरीय प्रहरी बृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले यही चैत २६ गते काठमाडौं महानगरपालिका—३१ तिनकुनेमा रहेको एनसीसी बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फुटाएर चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई हाल कामनपा ३२ बस्दै आएका १८ बर्षिय बिशाल तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट एटिएम फुटाउन प्रयोग गरिने हतौडा एक थान, फलामको छिना एक थान, मार्तोल एक थान बरामद भएको छ । 

घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै