• २०८१ जेठ ५ शनिबार

रुकुममा रातो हाब्रे संरक्षणका लागि अध्ययन

kharibot

रुकुम पूर्व । रुकुम पूर्व मा पाइने संरक्षित वन्यजन्तु रातो हाब्रेको संरक्षण गरिने भएको छ । नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यव्रmमअन्तर्गत जिल्लामा रातो हाबे्रको अनुसन्धान र अनुगमन गरी रातो हाब्रे संरक्षणको काम शुरु गरिने भएको हो ।

मानवअधिकार, वातावरण र विकास तथा अनुसन्धान केन्द्र (हुरेडकार्स) नेपालसँगको सहकार्यमा रातो हाब्रे नेटवर्कले रातो सो अभियान शुरु गर्न लागेको हो । जिल्लाका पुथा उत्तरगङ्गा र सिस्ने गाउँपालिकाका विभिन्न जङ्गलमा रातो हाब्रे पाइने गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– २ को मुखाबा, अप्लैजा, सेङखोला, अर्खाजा, निवाबाङमा रातो हाब्रे पाइने गरेको स्थानीय भरतकुमार पुनले बताए ।

यसैगरी सिस्ने गाउँपालिका १ र २ नम्बर वडाको लेकाली क्षेत्रहरु खारा, गुप्ता, सागबारी, डलसिङे, तेलालीचौर, दोबइ लगातका ठाउँमा रातो हाब्रे पाइने स्थानीय हर्कबहादुर बुढाथोकीले बताए । जिल्ला समन्वय समिति, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका, डिविजन वन कार्यालय लगायत जिल्लास्थित सरोकारवाला तथा स्थानीयसँग छलफल पश्चात अनुसन्धानको काम शुरु गरिने बताइएको छ ।

रातो हाब्रे भए÷नभएको अनुसन्धानपछि रातो हाब्रेको खाना निगालो र उसलाई बस्न अनुकुल वातावरण छ कि छैन भनेर पनि अनुसन्धान गरिने नेटवर्क कार्यक्रम संयोजक सरोज श्रेष्ठले बताए । यसवर्ष जिल्लाको तीनवटै स्थानीय तहमा रातो हाब्रे भए÷नभएको सर्भे गरिने बताइएको छ ।

अभियानका लागि यस वर्ष रु १३ लाख ८५ हजार ९३० खर्च गरिने हुरेडकार्सका कार्यकारी निर्देशक प्रचण्ड मल्लले बताए । जिल्लामा रातो हाब्रे भएको पुष्टि भएपछि स्थानीय सरकार, समुदाय, विद्यार्थीसँग मिलेर रातो हाब्रे संरक्षणको लागि चेतनामुलक कार्यक्रम गरिने उनले बताए । रातो हाब्रेको चोरी सिकारी बढ्न थालेपछि रातो हाब्रेको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले अभियान थालिएको मल्लले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै