• २०८१ जेठ ३ बिहीबार

प्रधानमन्त्री ओलीले आज सरकारको एक बर्षको उपलब्धि सार्वजनिक गर्दै 

kharibot

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै छन् । प्रधानमन्त्रीले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आजै विहान बिहान १० बजे ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको र काठमाण्डौको राष्ट्रिय सभागृहमा साढे १० बजे जनताको जलविद्युत आयोजना कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका छ । 

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा तय गरिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ ।

आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका नागरिकको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

ओली नेतृत्वको सरकार गठन भएको शुक्रबार एक वर्ष पूरा हुँदैछ । दुईतिहाईको सरकार गठन भए पनि काम भन्दा धेरै कुरामात्र भएको भन्दै आमा जनतामा निराशा बढेको छ । एक वर्षमा सरकार विकास बजेट खर्च बढाउन असफल देखिएको छ भने व्यापार घाटा झन् बढेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै