• २०८१ बैशाख १७ सोमबार

राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीको एकतामा दिपक बोहोरा असहमत 

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) वरिष्ठ उपाध्यक्ष दीपक बोहोराले राप्रपा राष्ट्रवादीसँगको एकता प्रक्रिया प्रति असहमति जनाएका छन् । 

राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीले आज एकताको घोषणा गरेपछि वरिष्ठ उपाध्यक्ष बोहोराले एक विज्ञप्ति निकाल्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् । बोहोराले राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीको बृहत राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रक्रिया जारी रहेका बेला दुई दलबीच भएको एकताले आफु अचम्ममा परेको बताएका छन् ।

उनले भनेका छन्, ‘तमाम पार्टी कार्यकर्ताको भविष्यमाथि भएको खेलवाड प्रति म सहमत छैन । तिनै राप्रपाको एकताले मात्र बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण हुदै एउटा बलियो राष्ट्रवादी पार्टी स्थापित हुने मेरो मान्यता रहेको छ ।’

बोहोराले विज्ञप्तिमा भनेका छन्, ‘ तमाम पार्टी कार्यकर्तालाई तीन पार्टीको एकता नहुदासम्म आ-आफ्न क्षेत्रबाट जोडदार पहल गर्न आग्रह गर्दछु ।’

साथै उनले कार्यकर्ताको भविष्यसँग जोडिएको विषयमा निकट भविष्यमा निर्णय लिने बताएका छन् । दुई राप्रपाको एकतासँग असन्तुष्ट राप्रपा राष्ट्रवादीका सहायक प्रवक्ता राप्रपामा प्रवेश गरेका छन् ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय