• २०८१ बैशाख २२ शनिबार

एनआईसी एसिया बैंकको सीइओमा रोशनकुमार न्यौपाने नियुक्त 

kharibot

काठमाडौँ। एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन्। बैंकको ३७९औं सञ्चालक समितिको बैठकले हाल कामु प्रमुखकार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।  न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाउन सफल बह्येको बैंकएल जनाएको छ ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमाप्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गरिसकेका छन्। न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आजै बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै