• २०८१ बैशाख २२ शनिबार

गाडी किन्ने र घर किन्नेलाई एनआईसी एसिया बैंकको साथ

kharibot

काठमाडौं । एनआईसी एसिया बैंकले दुईवटा कर्जासम्बन्धी योजना एकैसाथ ल्याएको छ ।

चामत्कारिक सवारी कर्जा र चामत्कारिक जग्गा कर्जा योजना बैंकले सार्वजनिक गरेको हो । ‘एनआई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नारामा सवारी कर्जा सार्वजनिक गरेको छ ।

यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चामत्कारिक लाभ उढाउन सक्ने कम्पनीको दाबी छ ।

यस योजनाअन्तर्गत तुरुन्तै कर्जा स्वीकृति हुने, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, अतिन्यून मासिक किस्ता रकम (सवारीको मुल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने), आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, मासिकब्याजदर ०.९ प्रतिशत मात्र रहने व्यवस्था गरिएको छ । त्यस्तै प्रशासनिक सेवाशुल्कमा विशेष छुट र घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

त्यस्तै घरकर्जातर्फ आफ्नो आम्दानीअनुसार आफै मासिक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस्तो कर्जा लिनेले मासिक ब्याजदर ०.९ प्रतिशत तिरे पुग्नेछ भने प्रशासनिक सेवाशुल्कमा विशेष छुट र आधारदरमा भएको परिवर्तनअनुसार मात्र ब्याजदर परिमार्जन हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

दुवै योजना बैंकको २ सय ४४ वटै शाखाबाट कार्यान्वयन हुनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै