• २०८१ बैशाख २३ आइतबार

३६ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्दै एनआईसी एसिया बैंक

kharibot

काठमाडौं । एनआईसी एसिया बैंकले अंकित मुल्य एक हजार रुपैयाँ कायम रहने गरी ३६ करोड ६० लाख रुपैयाँ बराबरको तीन लाख ६६ हजार कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैकले बार्षिक ११ प्रतिसतमा व्याजमा एनआईसी एशिया ऋणपत्र २०८२, ८३ जारी गर्न लागेको हो ।

बिक्री प्रर्वन्धक नबिल इन्भेष्टमेन्ट बैकिङमार्फत यही भदौ २१ गतेबाट खुल्ला हुुने ऋणपत्रको बिक्री कार्य छिटोमा भदौ २५ गते र ढिलोमा असोज १९ गते बन्द हुुने छ ।

सर्वसाधारणहरुले न्युुनतम २५ देखि अधिकतम एक लाख ८३ हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन ।

परिपक्व हुुने अवधि सात बर्ष तोकिएको ऋणमा बार्षिक ११ प्रतिसत व्याजदर तोकिएको छ ।

अधिकृत पुंजी आठ अर्ब चार करोड रुपैयाँ रहेको बैंकको जारी पुंजी तीन करोड ११ लाख १६ हजार नौ सय ९८ रुपैयाँ रहेको छ भने चुक्ता पुंजी आठ अर्ब तीन करोड ११ लाख १६ हजार नौ सय ९८ रुपैयाँ पुुगेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै