• २०८१ बैशाख २१ शुक्रबार

सुरुवाती मतगणनामा कांग्रेस अगाडी, एमाले र राजपा पछिपछि 

kharibot

काठमाडौँ । प्रदेश नम्बर २ को सोमबार भएको स्थानीय तह निर्वाचनमा मतगणना जारी रहेको छ ।  

अहिलेसम्म प्राप्त मत गणनाको ताजा परिणाम अनुसार नेपाली कांग्रेस १८ स्थानमा अगाडी रहेको छ ।  त्यस्तै एमाले ९ स्थानमा अगाडी छ भने राजपा ६ स्थानमा अगाडी रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले ५ स्थानमा अग्रता हासिल गरेको छ ।  त्यस्तै संघीय समाजवादी फोरमसहित अन्य दल ११ स्थानमा अगाडी रहेका छन् ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा यही असोज २ गते भएको निर्वाचनको हालसम्म प्राप्त विवरणानुसार ११९ स्थानीय तहमा मतगणना जारी रहेको जनाएका छ । 

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणानुसार आज अपराह्न १ बजेसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र पर्साका चार स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै