• २०८१ बैशाख २२ शनिबार

प्रदेश नम्बर २ मा अहिलेसम्मको नतिजा यस्तो छ 

kharibot

काठमाडौँ ।  प्रदेश नम्बर २ मा मतगणना सुरु भएसँगै नतिजा पनि आउने क्रम सुरु भएको छ ।

हालसम्म प्राप्त मत गणना अनुसार केही स्थानीय तहका वडामा भने नजिता आएको छ ।  पछिल्लो परिणाम अनुसार माओवादीले दुई वटा बडामा जित हात पारेको छ भने संघीय समाजवादी फोरमले एक वडामा जित हासिल गरेको छ  ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादीका सत्यनारायण कुवँर २ सय ८ मत ल्याई प्यानलसहित विजयी भएका छन् । मेयर र उपमेयरमा पनि माओवादीका उम्मेदवार अगाडी रहेका छन् । 

यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसी विजयी भएका छन् । मेयर र उपमेयरमा पनि माओवादीकै उम्मेदवार अघि छन् । 

यस्तै सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १८ को वडाध्यक्षमा संघीय समाजवादी फोरमका मुलेश्वर राय प्यानलसहित विजयी हुनुभएको हो । बरहथवा सर्लाहीको सबैभन्दा ठूलो नगरपालिका हो । यस्तै २० स्थानीय तहमध्ये १२ वटामा मतगणना भइरहेको छ । लालबन्दी नगरपालिकाको भने अझै मतगणना हुन् सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै