• २०८१ बैशाख २४ सोमबार

पशुपति क्याम्पसमा ५१ दिनपछि अनेरास्ववियुको माग सम्बोधन

kharibot

काठमाडौँ । अनेरास्ववियु पशुपति क्याम्पसमा अनेरास्ववियुका बिद्यार्थिहरुले क्याम्पससमक्ष राखेको  माग ५१ दिनपछि आज सम्बोधन भएको छ। क्याम्पस प्रशासनसँग विविध माग राखेर लामो समयदेखि आन्दोलनमा उत्रिएका अनेरास्ववियु पशुपति क्याम्पसका विद्यार्थीहरुले पहिलो चरणको मागअन्तर्गत क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

दोस्रो चरणअन्तर्गत क्याम्पस प्रमुखको कार्यलयमा ताला लगाएका थिए । क्याम्पस प्रसाशनले माग सम्बोधनप्रति कुनै तत्परता नदेखाएकाले तेस्रो चरणको आन्दोलनस्वरुप हस्ताक्षर अभियान कार्यक्रम  सुरु गरी क्याम्पस प्रमुखलाई बुझाएका थिए ।  

आन्दोलनका संयोजक ललीन्द्र राईले ५१ दिनपछि भए पनि सम्बोधन गर्न बाध्य बनाएको प्रतिक्रिया दिए । त्यसैगरी क्याम्पस कमिटी अध्यक्ष उत्तर खड्काले मागहरु कार्यन्वयनको थालनी नभएसम्म  माग सम्बोधन भए पनि आन्दोलन पूर्ण रुपमा स्थागित नभइसकेको जानकारी दिए ।

मागहरुलाई चरणबद्ध कार्यान्वयन गर्ने सहमति भएको अनेरास्ववियु काठमाडौ जिल्ला सहसचिव एटम विद्रोहीले   बताए । उनले कार्यान्वयनमा आलटाल गरे पुनः आन्दोलन सुरु हुने चेतावनी दिए ।

अनेरास्ववियुले क्याम्पसमा प्राथमिक उपचार हुनुपर्ने, आन्तरिक परीक्षालाई व्यवस्थित बनाइनुपर्ने, पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तक हुनुपर्ने, आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गरिनुपर्ने, प्रशासनिक काम बिहान र बेलुका हुनुपर्ने लगायतका मागहरु राखेको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै