• २०८१ बैशाख २१ शुक्रबार

इन्भेष्टमेन्ट बैंकद्वारा अपांगता भएकालाई ह्विलचियर वितरण 

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि ह्विल चियर वितरण गरेको छ ।

काभ्रेको सांगास्थितस्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले आयोजना गरेको विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटा ह्विल चियर हस्तान्तरण गरेका हुन् । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संघ÷संस्था तथा देशका विभिन्न कला, संस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । 
ह्विल चियर हस्तान्तरणपछि नायब–महाप्रबन्धक सिजापतिले मेरुदण्ड पक्षघात भई अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि बैंक सदैव तयार रहेको बताए ।

कार्यक्रममा स्पाइनल इन्जुरी पुनस्र्थापना केन्दका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भइ अपांग हुनपुगेका व्यक्तिहरुमध्ये ९५ प्रतिशत आफै हिँड्डुल गर्न अक्षम भएको बताए ।

वार्षिक रुपमा आवश्यक पर्ने ३०० वटा व्हिल चियर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थावाट प्राप्त सहयोगबाट पूरा गर्ने कोसिस गरिरहेको उनको भनाइ छ । 

आठ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को हाल ७७ वटा शाखा तथा १०२वटा एटीएम छन भने सातवटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । बैंकले भर्खरै युरोमनी अवार्ड जितेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै