• २०८१ बैशाख १६ आइतबार

इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको प्रारम्भिक समझदारीमा हस्ताक्षर

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको सम्झौता भएको छ । दुबै बैंकको बराबर हैसियतमा मर्जर सम्बन्धि प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।

मर्जर पछि बैंकको नाम 'हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि' हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको  संचालक समितिमा दुबै बैंकको तर्फबाट ३-३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६.२६ अर्ब तथा हिमालयन बैंक लि. को चुक्ता पुँजी १०.६८ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६.९४ अर्ब भै सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्ने भएको छ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को जगेडा तथा कोष रु. १४.१० अर्ब र हिमालयन बैंक लि. को रु. ७.६७ अर्ब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६०.९८ अर्ब र हिमालयन बैंक लि. को रु. १२७.१४ अर्ब, र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६८.२९ अर्ब र हिमालयन बैंक लि. को रु. १४३.७० अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ । 

मर्जरपछि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १: १ हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै