• २०८१ बैशाख १६ आइतबार

इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जर सम्झौता हुदै

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको सम्झौता हुने भएको छ । दुबै बैंकको बराबर हैसियतमा मर्जर सम्बन्धि सम्झौता हुने भएको जनाइएको छ ।

यस भन्दा अगाडी नै मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहने दुई बैंकबीच सहमती भैसकेको छ ।

मर्जरपछि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १: १ हुने छ ।

अब बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वी पाण्डे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा हुने सम्झौता भएको छ । मर्जरपछिको बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हुने भएका छन् । यी दूई ठुला बैंक गाभिएपछि यो बैंक सम्पुर्ण सुचकमा ठुलो हुने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै