• २०८३ मङ्सिर १३ आइतबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११७ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कोशी र कर्णाली प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने कोशीमा ३२ जना, काठमाडौँ उपत्यकामा ८ जना, सुदूरपश्चिममा १० जना, बागमती प्रदेशमा ११ जना घाइते भएका छन् भने लुम्बिनीमा २१ जना, कर्णालीमा ४ जना र गण्डकी प्रदेशमा १३  जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै