• २०८३ मङ्सिर १३ आइतबार

देशभरका रास्वपाका कार्यालयअगाडि पत्रकारको धर्ना

देशभरका रास्वपाका कार्यालयअगाडि पत्रकारको धर्ना

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको पेसागत सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यालयअगाडि पत्रकारले एक घण्टा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार बिहान ११ बजेदेखि धर्ना दिइएको हो । पत्रकारहरूले ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध गर्नेहरूमाथि कारबाही नभएको भन्दै महासंघले आन्दोलन गरेको जनाएको छ ।

त्यस्तै, लोककल्याणकारी विज्ञापनको रकम कटौती र सरकारी सञ्चारमाध्यमबाट श्रमजीवी पत्रकारलाई निष्कासन गरिएको विषयमा पनि महासंघले आपत्ति जनाएको छ ।

महासंघले मंसिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै