सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेल्दै दुवैले सेमिफाइनलको स्थान सुरक्षित गरेका छन् ।
योसँगै जारी राष्ट्रिय खेलकुदको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, एपीएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका हुन् ।
अब सेमिफाइनलमा आर्मी र एपीएफ तथा कोशी र पुलिस भिड्ने छन् । अब सेमिफाइनल र फाइनल खेलहरू जुम्लामा सञ्चालन हुनेछन् ।









